धरान : सरकारको कार्यशैलीको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देशैभर विरोध प्रदर्शन गरिरहेको छ । 

‘भ्रष्टाचार, अनियमितता सहित सरकारको निरङ्कुश कार्यशैलीको विरोध’ भन्दै काँग्रेसले आज देशभर शक्ति प्रदर्शन गरेको हो ।

Congress-birodh-4

यो क्रममा सुनसरी सदरमुकाममा पनि हजारौँको सङ्ख्यामा नेपाली काँग्रेसका कार्यकर्ताहरू विरोध सभामा सहभागी भएका छन् । जिल्लाका विभिन्न स्थानबाट पुगेका काँग्रेस कार्यकर्ता पार्टी कार्यालयमा भेला भई इनरुवा नगरपालिकाका विभिन्न ठाउँमा र्‍याली प्रदर्शन गर्दै अहिले कोणसभा स्थल महेन्द्र चौकमा भेला भएका छन् । 

सुनसरीको कार्यक्रमलाई पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता महेश आचार्य, पूर्व मन्त्री तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सम्बोधन गर्नेछन् । 

Congress-birodh-3

सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शनमा सहभागिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन काँग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला जिल्ला पठाएको छ ।

इनरुवाको विरोध कार्यक्रममा कोणसभा सुरु भएको नेपाली काँग्रेस धरान उपमहानगर कमिटी सचिव श्याम पोख्रेलले जानकारी दिएका छन् ।    

Congress-birodh-2