धरान : सेवक अभियान धरानले धरानको भानुचौक देखि छाता चौक सम्मको रेलिङमा डस्टविन राखेको छ ।

पदयात्रा संगसगैं साप्ताहिक सरसफाइ अभियान सञ्चालन गरेको आज १० औ हप्ता पुगेको अवसरमा सेवक अभियानले धरानको भानु चोकदेखि छाता चोकसम्म रेलिङमा डस्टविन राखेको हो ।

बाटोमा जथाभाबी फ्याँकिने चाउचाउ बिस्कुटका खोल, मधु तथा गुटकाका खोल, चुरोट र मास्क आदीले गर्दा सडक पेटी नै फोहोर देखिएकोले पदयात्रीहरूलाई फोहोर फ्याल्न सहज होस् भन्ने उद्देश्यले १२ वटा डस्टविन राखेको संस्थाका अध्यक्ष राजीव हलुवाईले बताए ।

धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले डस्टविनमा बाटोमा फालिएको फोहोर उठाएर डस्टविनमा राख्दै उद्घाटन गरेकी थिइन् ।

स्थानीय सरकार, वडा कार्यालय र अन्य सामाजिक संस्थाहरूसँग सहकार्य गरी धरानभरि डस्टविन राख्ने योजना रहेको अध्यक्ष हलुवाईले बताए ।

हिजो वालाचर्तुदशी भएकोले पिण्डेश्वर मन्दिर परिसरमा पनि धेरै फोहोर भएकोले आज मन्दिर परिसर पनि सरसफाई सेवक अभियानले सरसफाइ गरेको थियो ।

Sewak dustbin 2