धरान : प्रदेश १ मा आज १०२ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएकामा ३३ महिला ६९ जना पुरुष सहित आज प्रदेश १ मा १०२ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ११, इटहरीमा १५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ भने इनरुवा र बराहक्षेत्र नगरपालिका, भोक्राहा नर्सिङ र बर्जू गाउँपालिकामा १,१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा १३, सुनबर्षी, बेलबारी, रतुवामाई, बुढीगंगा र रंगेलीमा १,१ जना र सुन्दर हरैचामा ५ जना र केराबारीमा ६ जना र स्थानीय तह नखुलेका ३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको बिर्तामोडमा ६, दमकमा ५, शिवसताक्षीमा २, कनकाईमा ३, भद्रपुरमा २, अर्जुनधारा, मेचीनगर र झापा गाउँपालिकामा १,१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

इलामको माई नगरपालिकामा ४, सूर्योदय २, देउमाई, इलाम र रोङमा १,१ जना, पाँचथरको फिदिम १, तेह्रथुमको म्याङ्लुङमा १, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा ३, ताप्लेजुङको फुङ्लिङमा १, धनकुटा नगरपालिकामा १ जना र ३ जना स्थानीय तह नखुलेकाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।