धरानः धरानको गल्फ कोर्समा शनिबार सम्पन्न भएको फन्ड राइजिङ गल्फ टुर्नामेन्टमा उदयपुरका एसपी भीम दाहाल विजयी बनेका छन्।

पूर्व ब्रिटिस आर्मी तथा सिंगापुर पुलिस फोर्सले आयोजना गरेको प्रतियोगितामा १७ ह्याण्डी क्याप खेलाडी एसपी दाहालले ३ अन्डर ६७ स्कोर गर्दै विजेता बनेका हुन् ।

प्रतियोगितामा १५ ह्यान्डिक्याप खेलाडी काजी तुम्बापो २ अन्डर ६८ स्कोर गर्दै उपविजेता बनेका थिए ।

१३ ह्यान्डिक्याप खेलाडी हेमन्त थापाले १ ओभर ७१ स्कोर गर्दै तेस्रो भएका थिए । प्रतियोगितामा २ ह्यान्डिक्याप खेलाडी योगेश राई ४ ओभर खेल्दै ग्रस विजेता भए भने ४ ह्यान्डिक्याप खेलाडी राम तामाङ ७ ओभर खेल्दै ग्रासतर्फ उपविजेता भए ।

यस्तै, ४ ह्यान्डिक्याप खेलाडी राजकुमार राई ९ ओभर खेल्दै तेस्रो भए । महिलातर्फ सुमित्रा लिम्बु विजेता भइन् भने जुनियर तर्फ दीपेश श्रेष्ठ विजेता भए ।

नेयरेष्ट टु दि पिन सुयेश प्याकुरेल १७ नम्बर ग्रिनमा विजेता बने भने लङेष्ट ड्राइभको विजेता रुपेन गुरुङ (१८ नम्बर होल) विजेता भए ।