इटहरी : नेपाली काँग्रेसको इनरुवामा आयोजित बिरोधसभामा सम्बोधन गर्दै काँग्रेस नेताहरूले नेकपालाई 'डाइनोसर' बनाउने चेतावनी दिएका छन् ।

डाइनोसर पृथ्वीबाट लोप भए जस्तै नेकपा नेपालबाट लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विरोध सभालाई सम्बोधन गर्दै सरकार शुसानसको भ्रष्टाचारमा लिप्त रहेको बताए । देशलाई भ्रष्टाचार र बेतिथिले गाँजीसकेकोले काँग्रेस चुप लागेर बस्न नसक्ने उनको भनाइ छ ।

Congresh-sabha-2

'नेपाली कांग्रेसले सर्वसत्तावादी सरकारलाई अब सहयोग गर्न सक्दैन । यो विरोध सभाको प्रारम्भ मात्र हो ।, उनले भने, अब चाडै सदन सुरु गर्न आग्रह गर्छौ । जनताको आवाज बोल्ने सदन बन्द गरेर यो सरकारले सर्वसत्तावाद लाद्न खोजेको छ ।'

अब देशको आशा र भरोसाको पार्टी नेपाली काँग्रेस भएकोले काँग्रेस भित्रको आन्तरिक एकता मजबुत बनाएर देश विकासमा लाग्ने उनले बताए । कृषकले मल बिउँ नपाउँदा चुप लाग्ने प्रधानमन्त्री भ्रष्टाचारीको बचाउमा उफ्रिनुले राम्रो सङ्केत नगरेको कार्कीको भनाइ छ। Congresh-sabha-4

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सभापति राजीव ढुङ्गानाले अर्थतन्त्र डामाडोल भएको अवस्थामा सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । कोरोनाको नाममा अरबैको भ्रष्टाचार भएको र सरकारले आफ्नो जिम्मेवारी बिर्सिएकोले सम्झाउन काँग्रेस सडकमा आएको उनले बताए । यो सरकार लोकतन्त्रको विरुद्धमा लागेकोले लोकतन्त्रबादी संस्कार सिक्न जरुरी रहेको उनले बताए ।

काँग्रेस जनताको आवाज बोकेर सडकमा आएकोले अब कांग्रेसमा भरोसा गर्न उनले आग्रह गरे । कम्युनिस्टले जस्तो काँग्रेसले धोखा दिन नजानेको भन्दै काँग्रेस सधैभरी जनताको पक्षमा रहेको उनले बताए ।

कार्यक्रमका सभापति समेत रहेको प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले पुतलीलाई काल आयो भने बत्तीमा आए जस्तै कम्युनिस्टलाई दशा लागेर काङ्ग्रेस सँग निहुँ खोज्न थालेको बताए । काँग्रेसलाई सडक सम्म ल्याउने दुस्साहस यो सरकारले गरेकोले अब सरकारले पतनको बाटो रोजेको उनको भनाइ छ ।

Congresh-sabha-3

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले सरकारको लाचारीपनको कारण जनता आजित भएको बताए । जनता आक्रोशित भएको कारण राजवादीको मुद्दामा सामेल भएर सडकमा आउन थालेको उनीहरूको बुझाई छ ।

काँग्रेसले अब जनताका मुद्दाहरु बोकेर सडक र सदन तताउने उनीहरूले बताए । काँग्रेस गनग्वाली सर्प भएकोले नेकपा जस्तो गोमन सर्पलाई निल्ने क्षमता राख्ने उनीहरूले टिप्पणी गरे ।

Congresh-sabha-1