पथरी : गए राती भएको आगलागीबाट मोरङको सुनवर्षी २ अमरदहमा रहेको पारस किराना पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

आगलागीबाट १ करोड ५० लाख भन्दा बढि क्षति भएको अनुमान गरिएको छ । अझै पूर्ण रुपमा विवरण आइनसकेकाले कति क्षति भयो भन्ने यकिन तथ्याङ्क भने आउन बाँकी रहेको प्रहरी चौकी अमरदहले जनाएको छ ।

सुनवर्षी २ का पारस शाहले सञ्चालन गरेको पारस किरानामा राति करिब १ बजेबाट आगो लागेको हो । राति करिब २ बजेबाट खटिएका ६ वटा बारुणयन्त्र दमकलले बिहान ६ बजे मात्रै आगो नियन्त्रणमा लिन सफल भएका हुन् । अझै पसलका समानमा आगो रहेका कारण ३ वटा दमकलले पूर्ण रूपमा नियन्त्रण लिने प्रयास गरिरहेको छन् ।

आगो नियन्त्रणमा लिनका लागि प्रहरी चौकी अमरदह, स्थानीय वासी सहित विराटनगर, रंगेली, सुन्दहरहरैँचा, बेलबारी, कानेपोखरी र दमकका गरी ६ वटा वारुण यन्त्र खटिएका थिए ।