धरान : सुनसरीको इटहरी ६ बाट हराएको प्रदेश  १-०५-००१प०२०७ नम्बरको मोटरसाईकल  चोरीमा संलग्न रहेका २ जना चोरी भएको मोटरसाइकल सहित पक्राउ परेका छन् ।

गत २८ गते इटहरी ६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाइकल हराएको भनी खबर प्राप्त भयसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले मङ्गलवार गए राती ८ बजे इटहरी ९ मा नम्बर प्लेट परिवर्तन गरेर कुदाई रहेको अवस्थामा मोटरसाइकल सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा झापाको डाँगीवारिका १९ वर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ वर्षीय विजय चौधरी रहेका छन् । उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।