धरान : तेह्रथुमको आठराई गाउँपालिका ५ होडाका ५० बर्षीय विजय कुमार राईको भिरबाट लडेर मृत्यु भएको छ ।

गए राति ८ बजेको समयमा स्थानीय ५० वर्षीय आँखा नदेख्ने धामी केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागी डोर्याएर ल्याउने क्रममा बाटोमा रहेको अर्थुङगे भिरबाट अचानक १०० मिटर तल खसेका विजय राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया गरी अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।