झापा : झापाको दमकमा सामाजिक काममा सक्रिय क्लब “योङ टाइगर”ले दमक–२ निवासी टिकाराम दंगालको सहयोगमा दमक २ मा रहेको हाम्रो बाल आश्रमलाई भान्सामा चाहिने सामाग्रीहरू वितरण गरेको छ ।

क्लबका अध्यक्ष राजु अधिकारी नेतृत्वमा प्रमुख अतिथि दमक उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजु खड्का, योङ टाइगरका उपाध्यक्ष विपुल गुरागाँइ, सचिव विश्व प्रकाश तिम्सिना, सह–सचिव पूर्णिमा तिम्सिना,सदस्यहरू अन्तरगत सरुन गजमेर, रिदम सापकोटा, कृतिका रिजाल, अनीश खड्का लगायतको उपस्थितिमा उक्त सामाग्री प्रदान गरिएको हो ।

सोही अवसरमा टिकाराम दंगाल, प्रमुख अतिथि खड्का, बाल आश्रमका शिक्षक सुशन उदास, बाल आश्रमकी सेवीका यमुना बुढाथोकीलाई सम्मान समेत गरिएको थियो ।