विराटनगर : १ प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १३, उर्लाबारीमा ३, सुन्दरहरैचा र बेलबारीमा २–२ र बुढीगंगामा १, सुनसरीको इटहरीमा ६, बराहक्षेत्रमा ३, धरान, इनरुवा र भोक्राहानरसिंहमा २–२, कोशी र दुहबीमा १–१, झापाको दमक र कनकाईमा २–२, भद्रपुर, कमल, बिर्तामोड, मेचीनगर, हाल्दिबारी र गौरादहमा १–१, पाँचथरको कुम्मायक र इलामको सूर्योदयमा १–१ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हाल सम्म कोरोना संक्रमितको सङ्ख्या २९ हजार १४० पुगेको छ ।

प्रदेश १ मा आज ४४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १९ महिला र ३४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख २ हजार ३९७जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएकाहुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार २३ पुगेको छ ।