पथरी : प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिताको बुधवारको खेलमा टेन नवोदय फुटबल क्लब विजयी वनेको छ ।

खेलको १६औँ मिनेटमा नवोदयका घनश्याम चौहानले गरेको गोल नै निर्णायक वनेपछि वाइ जि एफ टिले प्रतियोगितामा पहिलो हार व्यहोरेको छ ।

मोरङको पथरीशनिश्चरेमा जारी प्रतियोगितामा नवोदयका सेनेहाङ्ग लिम्बूले गरेको प्रहार वाइजिएफटिका गोल किपर चेतन खतिवडाले नियन्त्रणमा लिन नसक्दा रिवाउण्ड बललाई चौहानले गोलमा परिणत गरेको थिए ।

प्रतिस्पर्धात्मक खेलमा वाइजिएफटि ले पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजित हुन पुगेको हो ।

खेलको ५६ औँ मिनेटमा वाइजिएफटिका चिरन अधिकारीको कर्नर प्रहारलाई मन्दिप धिमालले गरेको हेड नवोदयका गोलकिपर अर्जुन बस्नेतले बचाएका थिए ।

खेलको ७२ औँ मिनेटमा वाइजिएफटिका निमोन लिम्बूको कर्नर प्रहार लाई समेत गोलकिपर बस्नेतले सुन्दर ढङ्गले बचाएका थिए ।

बुधवारको म्यान अफ दि म्याच नवोदयका गोल किपर अर्जुन बस्नेत घोषित भए । बिहीबारको खेल रियल ब्रदर र देविगंज एफसी बिच हुनेछ ।

समूह ए बाट सिरीजंगा फुटबल क्लब शीर्ष स्थानमा रहेको छ भने बुधवारको खेल जित्दै समूह बि बाट टेन नवोदय शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगिताको विजेताले १ लाख ७५ हजार र ट्रफि तथा उपविजेताले ७५ हजार र ट्रफि प्राप्त गर्ने छन् । मङ्सिर २५ वाट सुरु भएको प्रतियोगिता पुस ११ सम्म चल्ने छ ।