धरान : मोरङको विभिन्न २ स्थानबाट लागु औषध खैरो हेरोइन सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार अररिया जोगबनी ९ का ३२ वर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ वर्षीय मोहम्मद आसिक मिया रहेका छन् । विशेष सुराकका आधारमा लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधवार साँझ सवा ५ बजे विराटनगर १६ स्थित दरैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नियन्त्रण पश्चात् उनीहरू उपर चेकजाँज गर्दा ५ ग्राम खैरो हिरोइन फेला पारी बरामद गरिएको हो । यसै गरी विराटनगर १७ का २७ वर्षीय लद्दीफुल मिया १३ ग्राम खैरो हिरोइन सहित पक्राउ परेका छन् । उनलाई बुधवार अपराह्न ५ बजे विराटनगर ७ शनि मन्दिर एरियाबाट पक्राउ गरिएको हो ।

यसरी लागु औषध खैरो हेरोइन सहित पक्राउ परेका तिनै जना माथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ ।