विराटनगर : प्रदेश १ मा आज ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

४६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
मोरङमा १९, झापामा १५, सुनसरीमा ११, सङ्खुवासभा र प्रदेश १ बाहिर १-१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १५, जहदामा २, बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १०, कमल गाउँपालिकामा २, गौरादह, कनकाई र शिवसताक्षीमा १-१, सुनसरीको धरानमा ६, इटहरीमा ३, दुहबी र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभा र प्रदेश १ बाहिरका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२३ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १९३, मेची अस्पताल र होटल एशियाटिक आइसोलेसनबाट १२-१२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आईसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २-२ जना डिस्चार्ज भएका हुन ।

हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार २४६ पुगेको छ ।