इटहरी : इलाका प्रहरी कार्यालय इटहरीमा लिबरल सोसाइटी तरहराको टोलीले प्रहरी कार्यालय परिसरमा सेनीटाइज गर्ने काम सम्पन्न गरेको छ ।

कोभिड १९ को महामारी सुरु भएदेखीनै सेनिटाईजर छर्कने र सचेतना फैल्याउने काममा लागेको सोसाइटीले इटहरी चौक आसपासमा पनि अभियान सुरु गरेको छ । सोही क्रममा इलाका प्रहरी कार्यालयलाई सेनिटाइज गर्ने काम भएको हो । कार्यालयको हिरासत कक्ष देखी प्रहरी भ्यानमा समेत सेनीटाइजर छर्किएको छ ।

पछिल्लो समय महामारीको दर सँगै भिडभाड पनि बढ्दै गएकोले व्यस्त बजार तथा महल हरूमा सेनीटाइज गर्ने काम सुरु गरिएको सोसाइटीका अध्यक्ष सुबेक्छु देवानले बताए । उनका अनुसार इटहरी चौक आसपासका सार्वजनिक स्थल र भिडभाड हुने ठाउँमा सेनिटाईजर छर्कने काम सुरु गरिएको हो ।

प्रहरी कार्यालयमा सेनीटाइज भयसँगै प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले आफूले गर्न नभ्याएको काम सोसाइटीले गरेकोमा धन्यवाद दिए । विगत देखिनै सोसाइटीले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेकोले आफू खुसी भएको उनको भनाइ छ ।