धरान : क्यान्सरबाट पीडित सीता शेर्पा राईको नाममा सङ्कलन भएको नगद रकम उनका परिवारलाई हस्तान्तरण गरिएको छ ।

दुई वर्ष देखि क्यान्सर पीडित बनेकी पाँचथर हिलिहाङ गाउँपालिकामा बस्ने ३९वर्षीय सीताको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार असम्भव भएको कारण अस्पतालबाट अक्सिजनको सहारामा आफ्नो घर पाँचथर लैजाने क्रममा मङ्सिर २३ गते मृत्यु भएको थियो ।

सीतालाई बचाउन धरानका विभिन्न सामाजिक संस्था ,क्लिनिक र व्यत्तिहरुबाट सहयोग स्वरूप उठेको २ लाख २२ हजार ३ सय साठी रुपैयाँ मृतकका परिवारलाई होप धरानको कार्यालयमा पत्रकार सम्मेलन गरी हस्तान्तरण गरिएको हो ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख अतिथि र गायक दीप श्रेष्ठको विशिष्ट अतिथिमा सहयोग स्वरूप उठेको उक्त रकम मृतकको १० वर्षीय छोरा लाक्पा शेर्पा र ११ वर्षीय छोरी पासाङ फुर्ती शेर्पाको छोराछोरीको अध्ययन खर्चेमा प्रयोग गर्नेका लागि बैङ्कका जम्मा गर्ने सीता राई बचाउ अभियानले जनाएको छ

दुई वर्ष अघि नाकमा सानो मासु पलाएको तर,उपचारमा ढिलासुस्ती भएको कारण सामान्य पिनास बिग्रेर क्यान्सर भएको बिरामीका श्रीमान् पासाङ शेर्पाले बताए ।