धरान : लोक गायक सुरेश गन्धर्वको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार फेरि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा भर्ना भएका छन् ।

लोक गायक गन्धर्व केही दिन अघि स्वास्थ्यमा सुधार आएकाले मङ्सिर १६ गते अस्पतालबाट घर फर्केका थिए । शुक्रवार अस्वस्थ भएपछि  गन्धर्वलाई छोरी तारा गन्धर्वले अस्पताल पुर्‍याएकी हुन् ।

मुटु रोग, युरिक एसिड (बाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगका कारण उनी यस भन्दा अघि पनि अस्पतालमा भर्ना भएका थिए ।

प्रतिष्ठानले दिएको उनको स्वास्थ्य परीक्षण रिपोर्टमा गन्धर्वको कलेजोमा समस्या देखिएको बताएको छ ।