इटहरी : भारतीय खानाको स्वादिष्ट परीकार दिने उद्देश्यले इटहरीको अपस्टेयर्स क्याफेमा मुम्बई मसला सुरु भएको छ । विशेष गरी मुम्बईका मिष्टान्न परीकारहरू उपलब्ध गराउने गरी सेवा उपलब्ध भएको छ ।

इटहरी चौक विराटनगर लाइनमा रहेको अपस्टेयर्स क्याफेमै शुक्रवारबाट मुम्बई मसला सुरु भएको हो। पारिवारिक वातावरणमा क्याबिन सहित मुम्बई मसला रेस्टुरेन्ट सुरु गरिएको अपस्टेयर्सका जनरल म्यानेजर नवीन कार्कीले बताए ।

अहिलेको व्यस्त समयलाई मध्यनजर गर्दै परिवार नै बसेर खान मिल्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ। त्यसको अलाबा अर्डर अनुसारको खाना घरमै लगेर खानाको स्वाद लिन सक्ने पनि उनले बताए।

इटहरीमै पहिलो पटक हस्पिटालीटी म्यानेजमेन्ट सुरु गरेर क्याफे सुरु गरेको अपस्टेयर्सले मुम्बईको स्वाद दिने रेस्टुरेन्ट सुरु गरेको हो । जसको कारण इटहरीमै मुम्बईको मिष्टान्न खान सकिने अवस्था सृजना भएको छ ।

हस्पीटालीटीमा पूर्ण ध्यान दिएको अपस्टेयर्सले ग्राहकको सेवामा पूर्ण बफादार हुने कार्कीले बताए ।
उनका अनुसार धेरै भारतीय व्यापारी तथा पर्यटकहरूलाई लक्षित गरेर सेवा सुरु गरिएको हो ।

भारत बिशेषगरी मुम्बई भ्रमण गरेका नेपालीहरूको रोजाइमा पनि मुम्बईका परीकार पर्ने भएकोले इटहरीमा नयाँ सुरुवात गरिएको उनको भनाइ छ।