धरान : रुपन्देहीको भलवारीमा सम्पन्न ४७ औँ राष्ट्रिय महाधिवेशनबाट धरान जेसिजका अध्यक्ष दीपेन्द्र निरौला नेपाल जेसिज वर्ष २०२१ को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् ।

रुपन्देहीको भलवारी जेसिजको आतिथ्यमा सम्पन्न ४७ औँ राष्ट्रिय महाधिवेशनबाट निरौला नेपाल जेसिज वर्ष २०२१ को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

सो निर्वाचनमा १२ जना राष्ट्रिय उपाध्यक्षको पदमा ३६ जनाले उम्मेदवारी दिएका थिए । निरौलाले खसेको मत मध्ये ६१२ मत पाएर उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

सो महाधिवेशनले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल विजयी भएका छन् ।
यस्तै पूर्व क्षेत्र क अन्तर्गतका ३९ शाखाहरू मध्येमा उत्कृष्ट शाखा अध्यक्षको पुरस्कार पनि नव निर्वाचित दीपेन्द्र निरौलाले पाएका छन् ।

यस्तै, वर्षभरिको कार्यक्रमहरुमध्ये उत्कृष्ट जेसिज सप्ताह आयोजनाको पुरस्कार पनि निरौलाले थापेका छन् । एक साताअघि मात्र धरान जेसिजले विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरेर जेसिज सप्ताह मनाएको थियो ।

धरान जेसिजको सिफारिसमा रमेश प्रसाईँलाई राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उत्कृष्ट युवा पुरस्कारबाट सम्मान पनि गरिएको छ ।