झापा : झापाको दमकमा प्लाज्मा दान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना संक्रमित भएर रिपोर्ट नेगेटिभ आएको २८ दिन पछि पूर्व सङ्क्रमितले प्लाज्मा दान गर्न सक्ने चिकित्सकहरूले बताएका छन् । सोही अनुसार शुक्रवार दमकमा आयोजित प्लाज्मा दान कार्यक्रममा १२ पिन्ट प्लाज्मा सङ्कलन गरिएको छ ।

प्लाज्मा बैङ्क विराटनगर र नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा प्लाज्मा दान सम्पन्न भएको हो ।

दमकस्थित लायन्स क्लब अफ दमक ग्रिनसिटी मुख्य आयोजक रहेको कार्यक्रममा लायन्स क्लब अफ दमक बिगबुद्ध, लायन्स क्लब अफ दमक गोल्ड, लायन्स क्लब अफ दमक सेबिका र लायन्स क्लब अफ दमक माउन्ट मकालुको सह आयोजना रहेको लायन्स क्लब अफ दमक ग्रिन सिटीका मिडिया कोअर्डिनेटर सुदिप अधिकारीले जानकारी दिए ।