धरान : नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले सागमा स्वर्ण पदक तथा रजत पदक विजेता खेलाडी र प्रशिक्षकहरूलाई सम्मान गरेको छ ।

धरान १२ स्थित अमान बजारमा आज धरानबाट १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा स्वर्ण तथा रजत पदक प्राप्त गर्ने खेलाडीहरू क्रमशः  बास्केटबलतर्फ डा. आशा राई, तेक्वान्दो तर्फ युनिशा राईलाई नगद ५ हजार सहित सम्मान गरिएको छ ।

सागमा स्वर्ण पदक प्राप्त गर्ने फुटबलतर्फ हेमन्त थापा मगर, गल्फतर्फ टङ्क कार्की ,शुक्रबहादुर राई र नीरज तामाङ , त्यसै गरी तेक्वान्दो तर्फ सिना मादेन, सुशीला राई र स्वस्तिका तामाङलाई जनही १० हजार नगदले सम्मान गरिएको छ ।

प्रशिक्षकहरूमा बास्केट बलतर्फ विकास रार्ई तेक्वान्दो तर्फ गोपाल राई र मदन राईलाई नगद हजार सहित सम्मानित भएका छन् । त्यसै गरी बक्सिङतर्फ अनुप लामा,टेबल टेनिस तर्फ विनोद शाक्य र कराते तर्फ दिपेश शाक्य सम्मानित भएका छन् ।

कार्यक्रममा व्यक्ति विशेष नगद ५ हजार सहित क्रमशः  बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानकी नर्स पदमकुमारी लिम्बु ,कुचीकार गोविन्द मरिक र यातायात मजदुरतर्फ विकास राई सम्मानित भएका छन् ।

संस्थागतरुपमा होप धरान ,सञ्जीवनी पुनर्स्थापना केन्द्र धरान, परिवार नियोजन सङ्घ, रेडक्रस सोसाइटी धरान सुनसरी, लाइनस् क्ल्व धरान, धरान जेसिसले सम्मान स्वरुप उपहार प्रदान गरिएको छ ।

यसै गरी काँग्रेसका योद्धा हेमलाल याङदेन लिम्बु, महिला अधिकारकर्मी मिना पुलामी मगरलाई विशेष सम्मान गरिएको छ । प्रदेश १ का बास्केट बल खेलाडी प्रदीप गुरुङको उपचारका लागि नगद १० हजार हजार प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथिमा नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागका अध्यक्ष मोहनबहादुर बस्नेतले मन्तव्यको क्रममाबोल्दै 'दुई तिहाइ सरकारले गरेको बेरुजु तथा देशको स्थिति बताउँदै कर प्रणाली सर्वहारा हैन गरिब मारा छ ।'

त्यसैले देशको माटो, भूगोल र देशको गौरवलाई ख्याल गरेर दुई तिहाइ सरकारले सुध्रिएर राष्ट्रको हितमा काम गर्न अनुरोध गरे । मानवीय संवेदना लाई ध्यानमा राखेर काम नगरे त्यो सरकार अराष्ट्रवाद प्रमाणित हुने तथा लामो समय नटिक्ने चेतावनी दिए ।

कार्यक्रमका विशेष अतिथि पूर्व प्रदेश एकका प्रमुख डा. गोविन्द सुब्बाले मन्तव्य राख्दै वर्तमान सरकार भ्रष्टाचार उन्मुख भएको बताए ।

नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागका उपाध्यक्ष मोहन राईले समय अनुसार परिवर्तन हुनु जरुरी छ तर, पाटिले उन्नति प्रगति सँगै अनुशासित मर्यादित भएर लाग्न अनुरोध गरे ।

७७ जनाले रक्तदान गरे, वि धराने एप्स सार्वजनिक
नेपाली काँग्रेसले आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् ।

कोभिड १९ को कारण देशैभर रगत अभाव भइरहेको बेलामा नेपाली काँग्रेसले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

NC-11

यसै गरी आज भएको रक्तदान कार्यक्रममा एन्फा उपाध्यक्ष तथा नेपाली काँग्रेसका नेता किशोर राईले We Dharane एप्सको औपचारिक शुभारम्भ गरेका छन् ।

एप्समा आकस्मिक अवस्थामा आफूलाई चाहिएको रगत खोजी सहज रूपमा रक्तदातालाई मोबाइल सम्पर्क गरी रगतको आग्रह गर्न सकिने र धरान नगर क्षेत्रमा बसोबास गर्ने जो कोहीले पनि रक्तदाताको रूपमा आफूलाई दर्ता गराउन सक्ने सुविधा रहेको छ ।

साथै एप्समा रक्तदानको विवरण इन्ट्री गराएपछि तीन महिनासम्म रक्तदातालाई कुनै पनि कल नआउने तथा तीन महिना पछि स्वचालित रूपमा डाटा अद्यावधिक भई पुन रक्तदानको आग्रह हुन सक्ने प्रणाली रहेको छ ।

एप्समा रक्तदानको साथै आकस्मिक नम्बरहरू पनि उपलब्ध रहेको छ । धरान भित्र रहेका सम्पूर्ण एम्बुलेन्स, शव वाहन, प्रहरी चौकी तथा मेयर, उपमेयर तथा वडाका जनप्रतिनिधिहरूको सम्पर्क नम्बर उपलब्ध रहेको छ ।

एप्सले धरानमा उपचार गर्न आउने बिरामी तथा स्थानीयहरूलाई आकस्मिक अवस्थामा रक्तदाता खोज्न सहायता उपलब्ध गराउने छ । साथै रक्तदातालाई पनि आफूले रक्तदान गरेका बिरामीहरूका जानकारी पाउने तथा आफू कुन समयमा पुन रक्तदान गर्नको लागी तैयार छु भन्ने जानकारी उपलब्ध गराउने छ । यसले धरानमा युवाहरूलाई रक्तदानको लागी सधैँ प्रेरित गरी रहने छ ।

धरान नगर क्षेत्रमा आकस्मिक अवस्थामा रक्तदाता खोज्न एप्स प्रभावकारी हुने एप्सका डेभलपर गगन नेपालीले जानकारी गराए ।

NC NC-2 NC-3 NC-7