विराटनगर : प्रदेश १ मा आज ६५ जना संक्रमित थपिएका छन् ।

मोरङमा २१, झापामा १९, सुनसरीमा १७, इलाममा २, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको ।

मोरङको विराटनगरमा १२, सुन्दरहरैचामा ४, पथरीशनिश्चरेमा २, रतुवामाई, केराबारी र ग्रामथानमा १–१, झापाको बिर्तामोडमा ८, दमकमा ४, शिवसताक्षीमा ३, मेचीनगर, कचनकवल, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा ८, इटहरीमा ६, इनरुवा, बराहक्षेत्र र दुहबीमा १–१, इलामको इलाम नगरपालिकामा २, सङ्खुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार २९५ पुगेको छ ।

प्रदेश १ मा आज ५३१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३ हजार ९५७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २५ हजार ६० पुगेको छ ।