पथरी : हाइवे एफसीलाई ३-० ले पराजित गर्दै सिरिजंगा क्लब प्रथम पथरीशनिश्चरे प्रीमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सिरिजंगा दोस्रो चरणमा प्रवेश गर्दा हाइवे एफसी भने प्रतियोगिताबाट बाहिरिएको छ । एक पक्षीय रूपमा हाइवे माथि दबाब राखेको सिरिजंगाले पहिलो हाफ अघि १ र दोस्रो हाफ पछि दुई गोल गरेको थियो ।

खेलको ३७ औँ मिनेटमा सिरिजंगा एफसीका सफल आङ्बुहाङले गोल गरे । सफलले प्रताब चेम्जोङको पासमा गोल गरे ।

डिबक्स नजिकैबाट पाएको अवसरलाई सफलले सदुपयोग गरी आफ्नो टिमलाई अग्रता दिलाए । सिरिजंगाकै तर्फबाट ४५ औँ मिनेटमा वान भर्सेज वानमा सनम धिमालले उत्कृष्ट गोल गरे ।

६९ औँ मिनेटमा दिल कुमार याक्सोको पासलाई सदुपयोग गर्दै प्रताब चेम्जोङले उत्कृष्ट गोल गर्दै टिमलाई ३-० को जित निकाल्न सफल भएका हुन् ।

यसअघि २३ औँ मिनेटमा प्रतापले नै गरेको प्रहार गोल रक्षक हाइवेका गोल रक्षक मनोज गुरुङले विफल बनाए । ४१ औँ मिनेटमा सिरिजंगाका आशुतोष थापाको शक्तिशाली प्रहारलाई पनि गोल रक्षक गुरुङले विफल पारिदिए ।

खेलको सुरुवाती चरणबाट नै कमजोर देखिएको हाइवेले दोस्रो हाफमा पनि खेलमा फर्किन सकेन । खेलमा पटक पटक पाएका उत्कृष्ट अवसरहरू सदुपयोग गर्न नसकेपछि हाइवे पराजित भयो ।

खेलको ४३ औँ मिनेटमा हाइवेका आशिस गुरुङले प्रहार गरेको कर्नर प्रहारले गोल पोस्टको दिसा लिन सकेन । प्रस्तावित पथरी रङ्गशालामा आयोजित प्रथम प्रिमियर लिगको शनिवारको खेलको म्यान अफ दी म्याच सिरिजंगाका क्याप्टेन सुवास तामाङ घोषित भए ।

लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो । आइतबारको तेस्रो चरणको खेल वाइजिएफटी र देविगञ्ज एफसी बिच हुने आयोजक कमिटीले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उप विजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।