धरान : लोक गायक सुरेश गन्धर्वको स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएको छ ।

केही दिन अघि पनि उनको स्वास्थ्यमा समस्या आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएको गन्धर्वको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज भएका थिए । शुक्रवार फेरी श्वास फेर्न समस्या भएकोले प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि पुर्‍याएको थियो ।

प्रतिष्ठानको ट्रपिकल वार्डको १ नम्बर बेडमा उपचाररत रहेका गन्धर्वको उपचारमा डा.सञ्जीव शर्माको टोलीले रहेको छ । गन्धर्वको उच्च रक्तचाप सँगै कलेजोमा गम्भीर समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताए ।

खानेकुरा खादा बान्ता हुने , पेट फुलिएको र शनिवार बिहान देखि पिसाब रोकिने समस्या देखिएको गन्धर्वको उपचारमा संलग्न डा.सञ्जीव शर्माले जानकारी दिए ।

Suresh-Gandharba-2 4