झापा : झापाको बिर्तामोड नगरपालिका-२ स्थित चैतुबारी भन्ने स्थानमा एक महिलाको शव फेला परेको छ ।  

स्थानीय दुर्बल राजवंशीकी श्रीमती अन्दाजी ४२ बर्षिया विनोसरी राजवंशीको शव आज बिहान खेतमा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिएका छन् । 

घटनाबारे जानकारी पाएसँगै आफ्नो टोली अनुसन्धानका लागि घटनास्थल तर्फ गइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रिजालले बताए । स्थानीयले दिएको जानकारी अनुसार घटना केही शङ्कास्पद रहेको प्रहरीको भनाइ छ ।