धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।

उक्त निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाईँदैछ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय लिएको बताइएको छ ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरू निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनावपूर्ण बनेको छ ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमै रहेका बेला संसद् विघटनको सिफारिस भएको हो । प्रधानमन्त्री निस्केपछि मन्त्रीहरू आश्चर्यमा पर्दै आपसमा छलफल गरिरहेका छन् ।