धरान : तेह्रथुमको म्याङ्लुङ नगरपालिका ८ कोबेकमा अंशबन्डाको विषयमा वादविवाद हुँदा १ जनाको मृत्यु भएको छ ।

हत्याको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय कुमार लिम्बु रहेका छन् ।

शुक्रवार राती साँढे ७ बजे कुमारको बुबा ५५ वर्षीय गणेश लिम्बु र काका कीर्तिमान लिम्बु बिच अंशबन्डाको विषयमा झगडा भइरहेको अवस्थामा कुमार लिम्बुले छुटाउने क्रममा दुवै जनालाई बाँसको भाटाले हिर्काउँदा उनका बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटी घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम ल्याएको र कुमार लिम्बुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरेहेको तेह्रथुम प्रहरीले जनाएको छ ।