धरान : मोरङको विराटनगर महानगरपालिका १५ बाट लागु औषध सहित १ जना पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिकाका १९ वर्षीय रिजन राईलाई हिजो लागु औषध सहित पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले डाईजेल्याव ९ एम्पुल, एभिल ६ एम्पुल र लुपिजेसिक १० एम्पुल बरामद गरेको थियो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।