इटहरी : नेपाली काँग्रेसले सङ्घीय व्यवस्थापिका संसद् विघटनको विरुद्धमा विराटनगरमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी बाट संसद् विघटनको घोषणा भए सँगै काँग्रेस आन्दोलित बनेको हो ।

प्रदेश १ नेपाली काँग्रेसका प्रमुख सचेतक लगायत नेताहरूको उपस्थितिमा विराटनगरमा प्रदर्शन भएको हो । संसद् विघटन फिर्ता गर, केपी ओलीको तानासाह मुर्दावाद, राष्ट्रपतिको अलोकतान्त्रिक कदम मुर्दावादको नारा लगाउँदै काँग्रेस सडकमा आएको हो ।

नेपाली जनताको सपना र मत माथि कुठाराघात गरेको भन्दै आन्दोलन गरेको नेता कार्कीले बताए । नेपाली जनताले स्थायी सरकार बनाएर देश विकास गर्न दिएको मत देश विनाशमा प्रयोग भएको भन्दै उनले आपत्ति जनाए । कम्युनिस्टहरू कहिल्यै जनताको पक्षमा नहुने कुरा पुष्टि भएको उनको भनाइ छ ।