धरान : संसद् विघटनको धरानमा नेकपालेनै विरोध गरेको छ ।

नेकपाका प्रदेश, जिल्ला र धरानका नेता, कार्यकर्ताहरूले संसद् विघटनको सिफारिस खारेजको माग गर्दै धरानमा प्रदर्शन गरेका हुन् ।

धरानको छाताचोकस्थित पार्टी कार्यालयबाट निस्केको जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । नाराबाजी गर्दै भानुचोक पुगेको जुलुसले टायर बालेर प्रदर्शन गरेको थियो ।

आज मन्त्रीपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्दै संसद् विघटन गरेकी छिन् भने वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने मिति तय गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिइसकेको छ ।

विरोध कार्यक्रमलाई राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य हरि लिम्बु,अनेरास्ववियु जिल्ला कार्यालय सदस्य मोनालिसा श्रेष्ठले सम्बोधन गरेका थिए ।

Nekapa-Birodh-1