विराटनगर : प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र सङ्खुवासभामा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बुढीगंगामा २, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ७, झापाको दमकमा २, शिवसताक्षी, मेचीनगर र बुद्धशान्तिमा १–१, सुनसरीको ईटहरी र सङ्खुवासभाको खाँदबारीमा २–२, ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ३३२ पुगेको छ ।

प्रदेश १ मा आज २९९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६ महिला र २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ४ हजार २५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २५ हजार १२० पुगेको छ ।