धरान : लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड धरान शाखाले मृत्यु बिमा दाबी पछि विमतिलाई भुक्तानी गरेको छ ।

धरान १३ अमर पथ निवासी ५३ वर्षीय दिलकुमारी लिम्बुको कार्त्तिक ७ गते असामयिक निधन भएको थियो ।


स्व. दिलकुमारीको घरमा नै पुगेर लिम्बुले २०६८ साल असोज ११गते २ लाखको जीवन बिमा अन्तर्गतको १५ वर्षीय जीवन आनन्द बिमा गरेकोमा उनलाई बोनस सहित ३ लाख २५ हजार रकम एसबिआई बैङ्कको चेक मार्फत भुक्तानी दिइएको हो ।