धरान : सुनसरीको भोक्राहा नर्सिङ ४ बाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोक्राहा नर्सिङ ३ का ३६ वर्षीय महेन्द्र यादव र कोशी गाउँपालिका २ का ३७ वर्षीय सुरज राम रहेका छन् ।

विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साइकलमा आएका दुबैजनालाई आज बिहान साढे ६ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात् उनीहरू माथि चेक जाँच गर्दा २१ बोतल डाइलेक्स डि।सी। र १८० नाइट्रोभेट ट्याव्लेट लागुऔषध फेला परी बरामद गरेको छ ।

पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ ।