पथरी : नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले पथरी शनिश्चरेले सोमबार साँझ पथरी बजारमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।

संसद् विघटन र त्यसमा राष्ट्रिपतीले गरेको सहयोगको विरोधमा प्रधानमन्त्री के पी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन गरिएको तरुण दलका नगर सभापति सन्तोष कटुवालले जानकारी दिए ।

काँग्रेसको क्षेत्रीय कार्यालय हनुमान चौक बाट सुरु भएको र्‍यालीले पथरी बजार परिक्रमा गरी बजारमा नारा जुलुस गरेर पुत्ला जलाएको हो ।

संसद् विघटन गरेर ओलीले देशलाई दलदलमा फसाएको विरोध र्‍याली पछिको विरोध सभामा बोल्ने वक्ताहरूले बताए । बजारका विभिन्न स्थान परिक्रमका क्रममा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी विरुद्ध चर्का नारा लगाएका थिए ।

Pathari-Julus