झापा : झापाको बिर्तामोड नगरपालिका २ बस्ने २५ बर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ ।

आफ्नै घर अगाडी आगो तापेर बसिरहेकी शर्मा गए राती साँढे ६ बजे आगोले जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भयसँगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।