धरानः इलाका प्रहरी कार्यालय धरानले धरान १५ बाट पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ ।

लागु औषध बेचबिखन भइरहेको विशेष सूचनाका आधारमा घर खानतलासी गर्ने क्रममा पेस्तोल सहित २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ पर्नेमा धरान १५ सयपत्री मार्गका २७ वर्षीय देवीबहादुर लिम्बु र २६ वर्षीय रन्सुर राई रहेका छन् ।
प्रहरीले विशेष सूचनाको आधारमा लिम्बुको घरमा लागु औषध खानतलासी गर्दा २ थान पेस्तोल फेला पारेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

ओलीका अनुसार लिम्बुको कोठाबाट मेड इन युएसए लेखिएको म्यागेजिन सहितको पेस्तोल १ थान मेड इन नखुलेको म्यागेजिन विनाको पेस्तोल १ थान फेला परेको बताए ।

उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट हातहतियार सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् । पक्राउ परेका दुवै जना लागु औषध प्रयोगकर्ता भएको खुलेको छ ।