धरान : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय सदस्यहरूको बैठकले सुनसरीका ८ जनालाई महाधिवेशन आयोजक कमिटी सदस्यमा मनोनीत गरेको छ ।

आज बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई महाधिवेशन आयोजक कमिटीमा मनोनीत गरेको हो ।

कमिटीमा मनोनीत हुनेहरूमा रेवती रमण भण्डारी, मुरारी सुवेदी, सर्वध्वज साँवा, विजय कुमार राई, मोतीराज सुनुवार, ओम कोइराला, खेमराज पोख्रेल र लक्ष्मी गौतम रहेका छन् ।

मनोनीत भण्डारी संविधानसभा सदस्य हुन् भने गौतम इटहरी उपमहानगरपालिकाका उपमेयर हुन् ।

झापाबाट ८ जना केन्द्रीय सदस्य थपिए

झापाबाट केन्द्रीय सदस्यमा झापाबाट ८ जना थप भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहको आज बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले झापाका थप ८ केन्द्रीय सदस्य थप गरेको हो ।

झापाका संविधानसभा सदस्य दीपक कार्की र प्रेम गिरी केन्द्रीय सदस्य चयन भएका छन् । यस्तै कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, सांसद एलपी सावा, जिल्ला अध्यक्ष चिन्तन पाठक, नेकपा अनुशासन आयोग सदस्य अर्जुन राई, पूर्व सांसद हरिचरण शिवाकोटी र हरिचरण बानियाँ केन्द्रीय सदस्य भएका छन् ।