धरान : संसद् विघटनको विरोधमा धरानको भानुचोकमा सङ्घीय लोकतान्त्रिक लिम्बुवान मञ्च र सङ्घीय लिम्बुवान मञ्चले संयुक्त रूपमा टायर बालेर विरोध गरेका छन् ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध टायर बालेर विरोध जनाएका हुन । सङ्घीय सिल्पी मञ्चका केन्द्रीय अध्यक्ष रमेश गजमेरले मनोमानी ढङ्गले गरिएको निर्णयको विरोध सडकमा निरन्तर हुने बताए।

बिरो सभामा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सचिव भूपेन्द्र सुन्दर लावती, सङ्घीय लिम्बुवान महिला विभागकी नेतृ सरस्वती लिम्बू, सङ्घीय लोकतान्त्रिक लिम्बुवान मञ्चका केन्द्रीय सदस्य कुमार लिम्बू, सङ्घीय लिम्बुवान विद्यार्थी मञ्चका प्रतिनिधि डिल्ली लिम्बू, सङ्घीय लोकतान्त्रिक मञ्चका जिल्ला सचिव निर्मल राईलगायतले मन्तव्य राखेका थिए।