झापा : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा नै अल्पमतमा देखिएका छन् ।

झापा जिल्ला कमिटीमा १ सय ७७ मध्ये ३५ प्रतिशत मात्रै उनी पक्षीय नेताहरू रहेका छन् । ओली निकट नेताका अनुसार केही नेताहरू केही दिन हेर्ने पक्षमा छन् । कोही सूर्य चिन्ह जसले पाउँछ उतै जाने तरखरमा छन् भने केही नेताहरू अझै सम्म खुलेका छैनन्, ती नेताले भने, अहिलेको समग्र स्थितिमा विगतको पक्षधरका आधारमा हामी ३५ देखि ४० प्रतिशतको स्थितिमा छौ ।

५९ सदस्यीय सचिवालयमा ओली पक्षधरको बाहुल्य रहे पनि कार्यालय र समग्र कमिटीमा भने अल्पमतमा ओली पक्षधर रहेका छन् । विगतको एकता प्रक्रियामा ओली पक्षधर ४० प्रतिशत माधव नेपाल पक्ष २० प्रतिशत थियो ।

यस्तै पूर्व माओवादी पक्षधरले ४० प्रतिशत जिल्ला कमिटीमा थिए । तर केही माओवादी नेताहरू ओली पक्षमा र केही ओली पक्षका नेताहरू नेपाल प्रचण्ड पक्षमा पुगेका छन् । नेकपाको कार्यालयमा अध्यक्ष तथा केन्द्रीय सदस्य चिन्तन पाठक, प्रेम गिरी, चन्द्रा श्रेष्ठ, राजेन्द्र दाहाल माओवादीबाट विजय लिम्बु, मोहन टुडु, अरुण श्रेष्ठ रहेका छन् । लिम्बु भने बादल समूहबाट एकता भएका हुन ।

उनको पक्षधरता स्पष्ट भइसकेको छैन । ती मध्ये श्रेष्ठ प्रचण्ड नेता पक्षमा देखिएका थिइन् । राजेन्द्र दाहाल विगतमा प्रचण्ड नेपाल समूहमा देखिए पनि अहिले पक्षधरता खोलिसकेका छैनन् ।

दाहालले भने, अहिले म नेकपाको सदस्य हुँ, नेता विशेषसँग असहमति रहन सक्छन्, तर अहिले सम्म म एकीकृत पार्टीकै पक्षमा छु । उनी अहिले प्रधानमन्त्रीकै पक्षमा रहेको दाबी अर्को समूहको छ । पार्टीका कार्यालय सचिव शिवकुमार ढुगेँल भने ओलीको पक्षमा छन्