धरान : बिरामी भएका लोक गायक सुरेश गन्धर्वको उपचारका लागि अमेरिकावासी नेपालीहरूले ५८ हजार ३ सय रुपैयाँ सहयोग गरेका छन् ।

सहयोग गर्नेमा हाल अमेरिका बसोबास गर्नेहरू विमल दुलाल, सञ्जीव दुलाल श्री कृष्ण लामिछाने,माइकल सुरिन, अर्चना गिरी, कमल न्यौपाने, साजन पौडेल, दुर्गा घिमिरे, निर्मला शाक्य, कमला थापा, युवराज गिरी,समिता सिंह र टिका सापकोटाले संयुक्त रूपमा सो सहयोग गरेका हुन् ।

नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधान सहितको टोलीले आज अस्पतालमानै गएर गन्धर्वलाई नगद प्रदान गरिएका थिए ।

प्रतिष्ठानको ट्रपिकल वार्डको १ नम्बर बेडमा उपचाररत रहेका गन्धर्वको उपचारमा डा. सञ्जीव शर्माको टोलीले गरिरहेको छ। गन्धर्वको उच्च रक्तचाप सँगै कलेजोमा गम्भीर समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताए ।

खानेकुरा खादा बान्ता हुने, पेट फुलिएको र गत शनिवार बिहान देखि पिसाब रोकिने समस्या देखिएको गन्धर्वको उपचारमा संलग्न डा. सञ्जीव शर्माले जानकारी दिए ।