विराटनगर : नेपालको कम्युनिस्ट आन्दोलन भत्काउनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपाल प्रभावमा परेको ओली समूहले निष्कर्ष निकालेको छ ।

नेपालका कम्युनिस्ट मिलेको भारतीय र पश्चिमाहरूले नरुचाइरहेको समयमा प्रचण्ड र नेपाल प्रभावमा परेको नेताहरूले बताएका छन् ।

नेकपाको ओली समूहले बुधवार काठमाण्डौंको गौशालामा आयोजना गरेको १ नं. प्रदेशका केन्द्रीय कमिटी सदस्यको प्रथम बैठकमा सहभागी नेताहरूले सो कुरा बताएका हुन ।

बैठकमा सहभागी नेकपा नेताहरूले प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ र मणि थापाले बैठकमा प्रतिनिधिसभा विघटनको अवस्था र नेकपाको एकताको प्रक्रियाका बारेमा अभिमुखीकरण गरेको केन्द्रीय सदस्य युवराज बास्कोटाले जानकारी दिए ।

नेता ज्ञवालीले विधि र पद्धतिको कुरा गर्नेहरूले नेकपा अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको बताए । उनले भने,‘ हामीले सबैलाई समेटेर सम्मेलन आयोजक कमिटी गठन गर्र्यौं ।’

कम्युनिस्ट आन्दोलन निभ्न लागेको समयमा जनताको बहुदलीय जनवादको आलोकमा राष्ट्रियता, लोकतन्त्र, जनजीविकाका कारण नेपाली कम्युनिस्ट आन्दोलन टिकेको नेता ज्ञवालीले बताए । उनले यसलाई निमिट्यान्न ढङ्गले सक्ने अभियानमा केही नेतृत्वमा रहेका हस्तीहरू देखिएको बताए ।

जतिसक्दो चाँडो महाधिवेशनमा जाने पहलकदमी लिन र अग्रणी भूमिका खेल्न सकेको भए हामी सबैले महाधिवेशनको मञ्चबाट नेता नेपाललाई अध्यक्षमा चुन्ने थियौँ उनले भने । अभिमुखीकरणमा नेता मणि थापाले नेपाली कम्युनिस्ट आन्दोलन दुनियाँलाई नयाँ संस्करण थियो भने ।

उनले भने,‘ दुई वटा पार्टी मिलेपछि यो झन् अध्ययन र अनुसरणका लागि आकर्षित भएको थियो ।’ यसबाट भारतीय र पश्चिमा कम्युनिस्टले सिको गर्छन् भन्ने निष्कर्ष र भयङ्कर ठुलो भयका साथ कम्युनिष्ट विरोधी शक्तिले हाम्रो नेतृत्वलाई प्रभावमा पारेको थापाले बताए ।

बैठकमा प्रदेश नं १ का १४ वटै जिल्लाको रिपोर्टिङ गरिएको नेता बाँसकोटाले बताए । उनले भने,‘समग्रमा पार्टीको स्थिति राम्रो रहेको देखियो ।’

बैठकमा सहभागीहरूले सूर्य चिन्ह जसरी पनि लिनुपर्ने बताएका थिए । नेता सुवास नेम्वाङले जुनसुकै मूल्य र अर्थमा पनि सूर्य ओली नेतृत्वको नेकपाको हुने दाबी गरे ।

Nekapa-1