धरान : धरान उपमहानगरपालिकाको कार्यपालिकाको नियमित बैठक बस्दैछ ।

आजको कार्यपालिका बैठकमा तीनढ्वाङगे कोरिडोर, सर्दु जलाधार क्षेत्र, खानेपानी आयोजनाको सम्बन्धमा, वातावरण, सहकारीहरूको बारेमा गरी करिब २० वटा अजेन्डाहरुमा छलफल तथा निर्णय हुने बताइएको छ ।

बिहान ८ बजेको समय तोकिए पनि कार्यपालिका बैठक यो समाचार तयार पारुन्जेल सुरु भएको छैन । नेकपाका सदस्यहरू भने नेकपाको पार्टी कार्यालयमा भेला भएर संसदीय दलको बैठक बसिरहेको बताइएको छ ।