धनकुटा : बिहीबार बिहान धनकुटाको जिरो प्वाइन्टमा एक यात्रुवाहक बसले किचेर ४५ बर्षिया महिलाको मृत्यु भएको छ ।

धरानबाट तेह्रथुम जाँदै गरेको को १ ख ४०७४ नम्बरको बसले किचेर धनकुटा नगरपालिका वडा नं. ९ रुद्रबारीकी ४५ वर्षीया गुना राईको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बसबाट ओर्लने क्रममा उनलाई सोही बसको पछाडिको टायरले किचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।

उक्त घटना पछि चालक र बसलाई धनकुटा प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई पोस्टमार्टमका लागि धनकुटा अस्पताल पठाइएको छ।