धरान : धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.६ भेडेटार राजारानी सडक खण्डको काम्फेकमा मृत अवस्थामा एक पुरुष फेला परेका छन् ।

हेर्दा ६०-६५ वर्षको देखिने पुरुषको पहिचान हालसम्म पनि नखुलेको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए ।

एक जना पुरुष मानिस मृत अवस्थामा फेला परेको स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । मृत पुरुष मागी खाँदै हिँड्ने गरेको स्थानीय बताउँछन् ।

प्रहरीले मृत पुरुषको हत्या भएको शङ्का गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।