झापा : पूर्वराजा ज्ञानेन्द्र शाह भोलि पुस १० गते शुक्रवार झापा आउने भएका छन् ।

राजावादीहरुसंगको भेटघाटका लागि उनी शुक्रवार झापा आउन लागेका हुन् । हिउँदे भ्रमणकालागि भन्दै उनी पूर्वरानी कोमल शाह, बुहारी हिमानी लगायत परिवारका अन्य सदस्य समेत झापा आउन लागेका हुन् ।

निर्मल निवासबाट हिउँदे भ्रमणका लागि झापा हुँदै उनीहरू नयाँ दिल्लीसम्म पुग्ने तयारी गरिरहेका छन् । हरेक वर्ष पूर्व राजा जाडोमा झापा आउने गरेका छन् ।

तर यसपटक राप्रपा लगायत राजावादी विभिन्न सङ्गठनले आन्दोलन र प्रदर्शन पनि गर्ने तयारी थालेका बेला पूर्वराजले उपत्यका छाड्नुलाई अर्थपूर्ण मानिएको छ ।

झापाको दमकमा रहेको मिनी दरवारमा उनको बसाई हुने छ । सोही क्रममा राप्रपाका नेता तथा कार्यकर्ता सहित राजावादीहरुसंग पूर्व राजाको भेटघाट हुने बताइन्छ ।

उनले झापाको एक शक्तिपीठको समेत उद्घाटन गर्नेछन् ।