धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा विराटनगरका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार विराटनगर महानगरपालिका १२ का ६३ वर्षीय पुरुषको आज बिहान ८ : १० बजे मृत्यु भएको हो ।

मृतकलाई पुस ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनलाई ९ गते नै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव व्यवस्थापन नियम अनुसार गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।