काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासको लागि प्रधानन्यायाधीशले टिम तयार पारेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका हुन ।

जबराले आफूपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र मिरा खड्कालाई इजलासमा पारेका छैनन् ।

कार्की र खड्काको ठाउँमा अनिल कुमार सिन्हा र तेज बहादुर केसी छन् ।

court 5