काठमाडौँ : शुक्रवार संसद् विघटन विरुद्ध परेका १२ मुद्दाहरूको संवैधानिक इजलासमा सुरु भएको छ ।

प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनमा आफ्नो फेबरका न्यायाधीशहरू नियुक्ति गरेको भन्दै बहसमा सहभागी वकिलहरूले प्रश्न उठाएका छन् ।

अधिवक्ता गोविन्द बन्दीले इजलास सुरु हुनु अगाडि नै न्यायाधीशको विषयमा प्रश्न उठाएका थिए । त्यसपछि अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक इजलासमा भएका अन्य न्यायाधीशको विषयमा प्रश्न उठाएका थिए ।

'कसरी चयन गर्नु भयो' भन्ने प्रश्नमा प्रधानन्यायाधीशले न्यायाधीश चयनमा शङ्का नगर्न भनेका थिए । न्यायाधीश चयनमा तपाईँले प्रश्न उठाउन पाउनु हुन्न, यदि तपाइले त्यसो भनिरहँदा हामीले छोडेर यो मुद्दा कसले हेर्ने ? प्रधानन्यायाधीशको यस कदमको वकिलहरूले सुनुवाइ सुरु हुनु अघि प्रश्न उठाएका थिए । तर पनि उनले सुनेनन् ।

सामान्यता वरिष्ठता क्रम पालना गरेर संवैधानिक इजलास गठन गरिने गरिन्थ्यो । तर प्रधानन्यायाधीश जबराले यो पटक न्याय परिषद्ले उपलब्ध गराएको १४ न्यायाधीशको रोष्टरबाट न्यायाधीश छनोट गरेका छन् । जबराले आफूपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र मिरा खड्कालाई इजलासमा पारेका छैनन् ।