काठमाडौँ : प्रतिनिधिसभा विघटन बिरुद्धको रिटको प्रारम्भिक सुनुवाइको क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा जङ्गिएका छन् ।

संसद् विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासको बहसका क्रममा एक वकिलसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किएका हुन् ।

बहसका क्रममा उनले संसद् विघटनको निर्णयमा एक वकिल ‘इजलासबाट ल्याप्चे नलगाइयोस्' भनेका थिए । त्यसपछि झोक्किएका राणाले ल्याप्पेको अर्थ के हो? भन्दै झोक्किए । राणाले भने ‘तपाईँलाई ल्याप्चेको अर्थ थाहा छ ?

'पत्रकारले यसै भन्छन्' वकिलले यति भन्न नपाउँदै राणाले भने बस्नुस् बस्नुस् तपाइको बहस सुन्दिनँ बस्नुस् ।’