विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ४१५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

होमआईसोलेनबाट ३९९, इलाम अस्पतालबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २६ हजार ७१० पुगेको छ ।

प्रदेश १ मा आज ४० जना सङ्क्रमित थपिएका छन् । झापामा १२, मोरङमा १०, सुनसरीमा ९, इलाममा ३, सङ्खुवासभामा २, भोजपुर र सोलुखुम्बुमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमक र बिर्तामोडमा ३-३, गौरादहमा २, कनकाई, बाहदशी, मेचीनगर र स्थानीय तह नखुलेका १-१, मोरङको विराटनगरमा ७, कानेपोखरी, उर्लाबारी र बेलबारीमा १-१, सुनसरीको धरानमा ९, इलामको इलाम नगरपालिका, माई र चुलाचुलीमा १-१, सङ्खुवासभाको खाँदवारिमा २, भोजपुरको भोजपुरमा १, सोलुखुम्बुको माप्यदुधकोशीमा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ६१४ पुगेको छ । प्रदेश १ मा आज ३१० जनाको पीसीआर परीक्षण परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १६ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ७२४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।