धरान : धरानको भानुचोकमा अनेरास्ववियु,राष्ट्रिय युवा सङ्घ नेपाल तथा जन वर्गीय सङ्गठन मोर्चाहरूले संसद् विघटन गर्ने असंवैधानिक कदमको विरुद्ध विरोध गरेका छन् ।

प्रतिगमन मुर्दावाद, अनेरास्ववियु जिन्दाबाद ,असंवैधानिक कु खारेज गर संसद् विघटन मान्दैनौ लगायतका नारा समेत उक्त विरोध कार्यक्रम लगाएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा० धरान उपमहानगरपालिकाको पार्टी कार्यालय बाट सुरु भएको विशाल विरोध र्‍याली भानुचौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य धरान नेकपा नगर इन्चार्ज अइन्द्र विक्रम वेघाले संसद् विघटनको निर्णय असंवैधानिक तथा गैर राजनैतिक भएको बताए ।

राष्ट्रिय युवा सङ्घको केन्द्रीय सदस्य हरि लिम्बु र अखिल नेपाल यातायात मजदुर सङ्घका जिल्ला सचिव लीला प्रधानले मतव्य राख्दै असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध सबै दलले दबाब सृजना गरेर सच्याउनका बाध्य पार्ने बताएका थिए ।